पत्रकार नेपाल पुरस्कृत, फिल्मकर्मी शेरचन सम्मानित

पाेखरा | जेठ २०, २०८१

पत्रकार नेपाल पुरस्कृत, फिल्मकर्मी शेरचन सम्मानित

पोखरा:    पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत भएका छन् । यस्तै, अग्रज फिल्मकर्मी विनोद शेरचन सम्मानित भए । 


चलचित्र पत्रकार संघ नेपाल कास्कीको शनिबार छैटौं साधारणसभा जितप्रसाद द्वा चलचित्र पत्रकारिता २०८० अर्पण तथा सम्मान कार्यक्रमको अवसरमा पोखराका मेयर धनराज आचार्यले पत्रकार नेपाललाई नगद ३५ हजार र सम्मान पत्र सहित पुरस्कृत गरे । 


पाल्पा जिल्लाको रिब्दीकोट–७, मैनादीका नेपाल २० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । संघका पूर्व सहसचिव उनी हाल राजधानी र आदर्श समाज दैनिकमा कार्यरत् छन् । 


यसअघि सो पुरस्कारबाट श्रीराम सिग्देल, रेम विक र राजाराम पौडेल सम्मानित भएका थिए । यसअघि, २५ हजार रहेकोमा यसपालि पुरस्कार राशि १० हजार थप भएको हो । 


सो अवसरमा फिल्म क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पोखरा १०  निवासी शेरचनलाई संघले सम्मान गरेको हो । २०४५ सालमै फिल्म निर्माणमा लागेका शेरचनका कन्यादान, तृष्णा, बादलपारि, दुनियाँ चलेका फिल्म हुन् ।


प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा फिल्म छायांकनका लागि खुला स्टुडियो भएको बताए । 


विशेष अतिथि चलचित्र पत्रकार संघ नेपाल अध्यक्ष समीर बलामीले संघका देशभर १५ शाखामध्ये कास्की सबैभन्दा सक्रिय रहेको बताए । 


साधारणसभाले सचिव सन्तोष बस्याल र कोषाध्यक्ष सुरक्षा श्रेष्ठको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । 


२०६० असार २२ सालमा स्थापना भएको संघ कास्कीमा हाल ५५ सदस्य छन् ।
 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्